global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वोच्चको फैसला आश्चर्यजनक : नारायणकाजी श्रेष्ठ

सर्वोच्चको फैसला आश्चर्यजनक : नारायणकाजी श्रेष्ठ

सर्वोच्चको फैसला आश्चर्यजनक : नारायणकाजी श्रेष्ठ

प्रचण्ड-माधव समूहका प्रवक्ता तथा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले आश्चर्यजनक भएको बताएका छन् । आइतबार सर्वोच्च अदालतले केपी ओली र प्रचण्ड-माधव समूहबीच पार्टीको आधिकारिकतामा विवाद चर्किएको बेला ऋषि कट्टेललाइ आधिकारिकता देिएपछि उनले आश्चर्यजनक फैसला भएको बताएका हुन् ।

श्रेष्ठले भने, 'सर्वोच्चको एउटा इजलासले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिइनेछ । यो विषयमा अहिलेलाई यति भनिहालौँ,' उनले थपे, 'यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध (कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।'

उनका अनुसार फैसलाले रिट निवेदकको मागदावीभन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित विषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तत्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको बारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने विषय पनि होइन । उनले भने, 'रिट निवेदकले पार्टीको नामको विषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैँलाई दिने मागदाबाी गरेको छ । त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक, बेठीक जे भए पनि स्वाभाविक हुने थियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ, संविधान एवं कानुनको विरूद्धमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ । यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।'

नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानुनको शासन र व्यवस्थाको विरूद्ध बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि आफ्नो गम्भीर ध्यान गएको उनले बताए । 'अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरंकुशताको खतराका विरूद्ध सचेत भइरहन हाम्रो पार्टी सबैलाई अपील गर्दछ ।' उनले भने ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु