global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना भाइरसका कारण विदेशमा थप २ जना नेपालीको निधन

कोरोना भाइरसका कारण विदेशमा थप २ जना नेपालीको निधन

कोरोना भाइरसका कारण विदेशमा थप २ जना नेपालीको निधन

कोरोना भाइरस (कोभिड- १९) कारणले विदेशमा यो साता मात्र थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता निधन भएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् ।

शनिवार साँझसम्म ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ  । हालसम्म  २१ देशमा  रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।  गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । 

यस्तै कोरोना भाइरसका कारण नेपालमा ३ हजार १० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६ सय ८ जना भने  २ लाख ७० हजार ७ सय ७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रकाशित समय : २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु