global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डोनेसियाको सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता

इन्डोनेसियाको सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता

इन्डोनेसियाको सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मंगलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए ।

पाँचवटा लाशहरु  भेट्टिएको  र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएको छ । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य सुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताएको छ । 

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् । (एजेन्सी)
 

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु