global ime bank Long Banner Ad

गृहपृष्ठ दुई दिनमा सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

दुई दिनमा सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

दुई दिनमा सुनको मूल्य ८ सय रूपैयाँ घट्यो

बुधबार ३ सय रूपैयाँ घटेको सुन बिहीबार ५ सय रूपैयाँ घटेको छ । दुइ दिनमा सुन ८ सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य बढेको छ । बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु