गृहपृष्ठ घुस रकमसहित सडक कार्यालयका प्रमुख पक्राउ
घुस रकमसहित सडक कार्यालयका प्रमुख पक्राउ
सडक विकास पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुखसहित चार जना १ लाख ९० हजार घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका निमित्त प्रमुख अनिल श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर पक्राउ परेका हुन् ।
स्रोत नखुलेको उक्त रकमसहित उनीहरु रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको सूचनाको आधारमा बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले चारै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई माघ २८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय : १९:३२ बजे




















