global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सले पाए अनुमति

रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सले पाए अनुमति

रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सले पाए अनुमति

पुस, २३- धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न बिहीबार अनुमति दिएको हो । रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यस्तै आरम्भले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । दुबै संस्थालाई आईपीओ निष्कासनका लागि बाटो खुला भएको छ । आरम्भको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । यस्तै रसुवागढीमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, सिदर्थ क्यापिटल लिमिटेड र एसनआईबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्नेछ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । आरम्भको पनि ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत संस्थापक लगानी रहने छ ।
रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम ५५ प्रतिशत सकिएको छ । सुरुङ खन्ने, बाँध निर्माणलगायत अन्य पुर्वाधारको काम तिब्र गतिमा भइरहेको छ । कुल ४ हजार १८५ मिटर लामो सुरुङ मध्ये २ हजार ५ सय मिटर सकिएको छ । अब मुल सुरुङ खन्न १ हजार ६ सय मिटर मात्र बाँकी छ ।

आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को डिसेम्बरमा सकने गरी कार्ययोजना तयार पारिएको छ । आयोजनाको समयसीमा २ वर्ष मात्र बाँकी छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ ।
निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ ।
रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।

प्रकाशित समय : ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु