काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अपहरण गरिएका बालकको सकुशल उद्धार

18.48K
shares

नवलपरासी- नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ ।

गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्मिकी नगर जंगल क्षेत्रबाट शनिबार राति उद्धार गरिएको हो ।

ठुठीबारीका कपडा व्यवसायी बबलु निगमका सात वर्षीय छोरा आयुसको अपहरण गरेपश्चात् अपहरणकारीले बालकको रिहाइका लागि रु एक करोड फिरौती रकम माग गर्दै आएका थिए ।

अपहरण गर्नेमध्येका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक नेपाली र तीन भारतीय रहेका छन् । चारै जनालाई अहिले भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई कानूनबमोजिम कारबाही हुने भारतीय प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी नीरज श्रेष्ठ, भारतको विहार प्रदेश वााल्मिकी नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरी अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले जानकारी दिए ।