काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साउदी अरेबियाका राजकुमार तलाल थुनामुक्त

14.05K
shares

रियाद- भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको छ । साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा छ ।

अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ ।

गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहनुभएको हो ।

उहाँलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उहाँमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ ।

आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थुनामुक्त भएपछि पनि भ्रष्टाचारविरोधी कारबाही सुरु गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताए ।

राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य बर्गका व्यक्तिमा पर्छ । युवराज मोहमदले सत्तामा आएपछि शक्ति सुदृढ गर्न विरोधीहरुलाई तह लगाउन भ्रष्टाचार विरोधी कारबाही चलाएका आरोप लगाइएको थियो ।

राजकुमार तलाल संगै अरु पनि संभ्रान्तहरु जेलबाट छुटेको बताइएको छ । कतिपय व्यक्तिहरुको आरोप प्रमाणित नभएको त कतिपय धरौटीमा छुटेको पनि बताएका छन् ।