गृहपृष्ठ ४० देखि ७० रुपैयाँसम्म अमेरिकन लाइफ इन्स्योरेन्सको बोनस दर स्वीकृत
४० देखि ७० रुपैयाँसम्म अमेरिकन लाइफ इन्स्योरेन्सको बोनस दर स्वीकृत
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी९मेटा लाइफ० ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म न्युनतम बोनस दिने बीमा समितिले स्वीकृति दिएपछि अमेरिकन लाईफले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
आव ०७३र०७४ देखि हालसम्म नाफामा सरिक हुने सबै जीवन बीमा लेखका लागि उक्त अवधिको प्रति वर्ष १ हजारमा बोनस दर कायम गरेको छ ।
१ देखि १५ वर्षसम्म वार्षिक प्रतिहजार ४५, १६ देखि २० सम्म ५५ र २१ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
३ किस्तामा भुक्तानी योजनाअनुसार ४०, ५० र ६० बोनसदर कायम गरिएको छ । शिक्षा संरक्षण योजनाअन्र्तगत ४५,५५ र ७० रुपैयाँ बोनस कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले मृत्युदावी, समपर्ण मूल्य दावी, चुक्तामूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरुमा लागु हुने जानकारी दिएको छ ।
नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएको अमेरिकन लाइफले समितिले पुँजीवृद्धिको नयाँ योजना ल्याएपछि अमेरिकनले कम्पनी स्थापना गर्न लागेको छ ।
आउदो असारसम्म जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीले बढाएर २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।
प्रकाशित समय : १९:२७ बजे