गृहपृष्ठ प्रदेश नम्वर २ मा मुख्य मन्त्री लालबाबु राउत र सभामुखमा मनिष सुमन बन्दै
प्रदेश नम्वर २ मा मुख्य मन्त्री लालबाबु राउत र सभामुखमा मनिष सुमन बन्दै

फोरम र राजपाबीच भागबण्डा मिल्यो
संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश नम्वर २ मा सरकार निर्माणमा सहमति जुटेको छ । दुई दलको आज काठमाडौंमा aबसेको बैठकले मुख्य मन्त्री, सभामुख र मन्त्रालयका बा“डफा“डको बिषय टुंगो लगाएको हो । राजपा महासचिव मनिष सुमनका अनुसार फोरमले मुख्य मन्त्रीसहित चार मन्त्रालय र राजपाले सभामुख सहित चार मन्त्रालय लिनेगरी सहमति जुटेको हो । सहमति अनुसार फोरमले मुख्य मन्त्री, उपसभामुख, आन्तरिक मामला गृह तथा कानून मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अर्थ तथा योजना मन्त्रालय लिने छ । राजपाले सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातवरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय लिने सहमति भएको हो । सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन ।
्मुख्य मन्त्री राउत र सभामुखमा सुमन
यो सहमति भएसंगै अब प्रदेश नम्वर २ को मुख्य म्न्त्रीमा फोरमका प्रदेश संसदीय दलका नेता लालबाबु राउत मुख्य मन्त्री हुने भएका छन् । उनी यसअघिनै संसदीय दलको नेतामा चयन भएका थिए । राजपाभित्र सभामुखका लागि मनिष सुमनको नाम चर्चामा छ । उनलाई सभामुख बनाउने र अर्का नेता जितेन्द्र सोनललाई संसदीय दलका नेता बनाउने चर्चा छ ।
प्रकाशित समय : १९:४८ बजे