nmb bank

गृहपृष्ठ हिमालयन बैंकको नगद फिर्ता योजना सार्वजनीक

हिमालयन बैंकको नगद फिर्ता योजना सार्वजनीक

हिमालयन बैंकको नगद फिर्ता योजना सार्वजनीक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् ।
यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पिओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने बैंकले जनाएको छ । यो योजना अन्तरगत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा ५५ र अनलाइन बाट सामान खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् ।
उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । बैंकले मुलुकभर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३ हजारभन्दा बढि पिओएस मेशिनहरु सञ्चालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाइनबाट वा कुनै पनि बैंकको पिओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु