global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खानेपानी आयोजना पाँच करोडको लागत

खानेपानी आयोजना पाँच करोडको लागत

खानेपानी आयोजना पाँच करोडको लागत

कञ्चनपुर । बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ । बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेश ठकुराठीले बताए ।

९० लाखको लागतमा ट्यांकी निर्माण गरिएको हो । आयोजना निर्माणस्थलमा पर्खाल निर्माण गर्ने र चौकीदार बस्ने भवनसमेत निर्माण गरिएको छ । गहुँबाली भित्र्याएपछि पाइप लाइन राखिने ठकुराठीले बताउनुभयो । स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउन एक हजार धारा जडान गरिने छन् । आयोजना निर्माण भएपछि लालपुर, सुन्दरपुर र नयाँ गाउँका एक हजार ५०० परिवार लाभान्वित हुने बताएको छ ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु