global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हाते ट्र्याक्टर कृषकलाई वितरण

हाते ट्र्याक्टर कृषकलाई वितरण

हाते ट्र्याक्टर कृषकलाई वितरण

कृषि  । आधुनिकीकरण र व्यवसायीकरण गर्न शितगंगा नगरपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । कृषकको माग अनुसार ५० प्रतिशत अनुदानमा शितगंगा नगरपालिकाको कृषि विकास शाखाले १० वटा हाते ट्र्याक्टर वितरण गरेको हो ।

श्रम र समयको बचत तथा सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि यहाँका कृषक हाते ट्र्याक्टरतर्फ आकर्षित भएका हुन् । कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका छन् ।

छिटोछरितो बेमौसमी खेती गर्ने कृषकलाई हाते ट्र्याक्टर उपलब्धिपूर्ण हुने शितगंगा नरगरपालिका कृषि विकास शाखा प्रमुख थीरलाल गैरेले बताउनुभयो । उहाँले मुख्य गरेर तरकारीखेती गर्ने किसानले सबैभन्दा बढी ट्र्याक्टरको माग गरेको बताए ।

नगरपालिकाले कृषिमा प्राथमिकताका साथ काम गरिरहेको नगरप्रमुख सूर्य अधिकारीले बताए । ँखेत तथा बारीको कुनाकाप्चासम्म सजिलै जोत्न सकिने भएकाले कृषकले यसको महत्व बुझ्दै गएका छन्,” उहाँले भन्नुभयो । ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने कृषकले बताएका छन् ।
रासस

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु