गृहपृष्ठ ग्राहकलाई ‘फ्रिडम प्याक’
ग्राहकलाई ‘फ्रिडम प्याक’
काठमाडौँ, ६ फागुन प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।
कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।
जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ ।
आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको सो प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ । एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित समय : १९:०० बजे