nmb bank

गृहपृष्ठ तुलसीपुरमा इन्धन डिपो सञ्चालनमा

तुलसीपुरमा इन्धन डिपो सञ्चालनमा

तुलसीपुरमा इन्धन डिपो सञ्चालनमा

दाङ । तुलसीपुरमा इन्धन डिपो सञ्चालनका बारेमा लामो समयदेखिको अन्योल अब अन्त्य हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच तुलसीपुरमा इन्धन डिपो तत्काल सञ्चालन गर्ने सहमति भएको हो । ‘मन्त्रीले तत्काल अध्ययन गरेर यसै महिनाबाट इन्धन डिपो सञ्चालनका लागि पहल गर्ने बताउनु भएको छ,’ नगरप्रमुख पाण्डेले भने ।
मन्त्री यादवसँग तुलसीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा पनि कुराकानी भएको बताउँदै उनले स्थानीय तहमा उद्योग दर्ताका विषयमा पनि कुराकानी भएकोे जानकारी दिए । तुलसीपुरको टरिगाउँ विमानस्थलमा इन्धन डिपो नहुँदा यहाँको हवाई सेवा नियमित हुन सकेको छैन् भने हवाई सेवाको भाडा पनि महँगो छ ।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु