गृहपृष्ठ हात्तीबाट बच्न सडक

हात्तीबाट बच्न सडक

हात्तीबाट बच्न सडक

काठमाडौं, फागुन १० झापाको दक्षिणी भेगस्थित हात्तीले दैनिक रुपमा दुःख दिन थालेपछि स्थानीयले हात्तीलाई नै आम्दानीको स्रोतको परिकल्पना स्वरुप हात्ती प्रभावित क्षेत्रका स्थानीय तहले योजना बनाएर नै काम सुरु गरेका छ । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको जलथल जंगलको वरिपरि रिङरोड बनाउने र जंगल भित्र रहेका हात्तीलाई रिङरोडले घेर्दै सडक सँगै जंगलवरिपरि सौर्य विद्युतीय तारबार लगाउने योजना बनाएर सडक निर्माणको काम सुरु गरेका हुन् ।

हात्ती जंगलमानै रहने र सडक सँगै हात्तीलाई छेक्न प्रयोग गरिएको बिद्युतीय तार नाघेर हात्ती गाउँ नपस्ने स्थानीय विश्वास छ । हात्ती जंगलभित्रै रहने र विभिन्न स्थानबाट जंगल छिर्ने गेट सँगै जंगलको भित्र प्रवेश गर्ने स–साना सडकबाट हात्ती देखाउन पर्यटक लैजाने योजना यहाँका स्थानीय तहको रहेको छ । पहिलो चरणको काम अन्तर्गत ६ हजार तीन सय हेक्टर क्षेत्रफल रहेको जंगलवरिपरि ५० किलोमिटर लामो सडक बनाउने कामको सुरुवात भएको छ । सडक निर्माणका लागि हल्दिबारी गाउँपालिकाले २७ लाख रुपैयाँ विनियोजन गरेको छ । जंगल र मानव बस्तिका बीचमा बन्न सुरु गरेको सो पर्यटकीय सडक ५० फिट चौडाइको हुने बताइएको छ ।

प्रकाशित समय : ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु