गृहपृष्ठ फागुन २० मा संसद्को शपथ
फागुन २० मा संसद्को शपथ

काठमाडौं, फागुन १० । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० मा गराउने तयारी रहेको छ । फागुन २१ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेकाले त्यसको अघिल्लो दिन सांसदको सपथ गराउने तयारी संसद् सचिवालयले गरेको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ एकै दिन तर फरक फरक समयमा हुने सचिवालयले जनाए । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् । कानुन अनुसार दुइटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्ने छन् । सांसदलाई शपथ गराउनु अघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने हुन्छ । प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रियसभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको व्यहोरासहित ढाँचाको व्यवस्था गरिएको छ
प्रकाशित समय : ०८:५५ बजे