global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार मोबाइल चोरी

चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार मोबाइल चोरी

चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार मोबाइल चोरी

काठमाडौं । मुलुकभर मोबाइल चोरी र हराउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ हजार चार सय २९ वटा मोबाइल चोरी भएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार १० महिनामा दर्ता भएका उक्त चोरीका घटनामध्ये जम्मा २० प्रतिशतमात्र (एक हजार १३ वटा मोबाइल) भेटिएका छन् । महाशाखाका अनुसार सबैभन्दा कम मोबाइल हराएको भदौमा पाँच सय ५२ केस दर्ता भएका छन् भने कात्तिकमा सबैभन्दा बढी दुई हजार तीन सय ७७ वटा मोबाइल ह्यान्ड सेट हराएको रिपोर्ट आएको छ ।
हराएको मोबाइलमा सिम कार्ड प्रयोग भएको छ भने त्यो मोबाइल कहाँ प्रयोग भएको छ भनेर थाहा पाउन सकिन्छ । तर सिम प्रयोग भएको छैन भने भेट्न नसकिने प्रहरीको भनाइ छ । त्यसैगरी, कुनै मोबाइल सेटलाई नेटवर्कभन्दा बाहिर अथवा भारतमा लगेर बेच्ने गरेकाले पनि खोजी गर्न अप्ठेरो परेको प्रहरीले बताएको छ ।
त्यस्तै, मोबाइल सेटमा विभिन्न पार्टपुर्जालाई छुट्टाछुट्टै प्रयोग गर्दा पनि मोबाइल नभेटिने गरेको प्रहरीको अध्ययनले देखाएको छ । प्रहरीले सकेसम्म सेकेन्ड ह्यान्ड मोबाइल सेट किन्दा बिक्रेता पहिचान गरेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ । जो पायो त्यसैसँग किन्दा चोरी भएको मोबाइल पर्न सक्ने सम्भावना रहन्छ ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु