global ime bank Long Banner Ad

गृहपृष्ठ रमादेवी पराजुली वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता नियुक्त

रमादेवी पराजुली वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता नियुक्त

रमादेवी पराजुली वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता  नियुक्त

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले वैशाख २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो । राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुने छ ।
बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ । यस्तै वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु