global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ काठमाडौंमा पानी आउने निश्चित, आज राती मेलम्चीको सुरुङ खन्ने काम सकिने

काठमाडौंमा पानी आउने निश्चित, आज राती मेलम्चीको सुरुङ खन्ने काम सकिने

काठमाडौंमा पानी आउने निश्चित, आज राती मेलम्चीको सुरुङ खन्ने काम सकिने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम आज राती सकिने भएको छ । ६ मिटर बाँकी रहेकाले रातिसम्म खन्ने काम सकिने भएको हो । इटालियन ठेकेदार को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना ९सिएमसी० ले आइतबार ११ मिटर सुरुङ खनेको मेलम्ची खानेपानी विकास समितिका प्रवत्ता राजेन्द्रप्रसाद पन्तले बताए । बिहीबार विशेष कार्यक्रम राखिएको जानकारी उनले दिए ।
राजधानीमा खानेपानी आउने पक्का भएको छ । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७। ५ किलोमिटर रहेको छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले बताए । २०१३ जुलाइमा सिएमसीसँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ ।
याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ ।
पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु