global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘भिजन ५ र मिसन ५’ सांगठनिक पुनर्गठन प्रस्ताव

‘भिजन ५ र मिसन ५’ सांगठनिक पुनर्गठन प्रस्ताव

‘भिजन ५ र मिसन ५’ सांगठनिक पुनर्गठन प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ शक्ति पार्टी, नेपालले आफ्नो पार्टीको नाम परिवर्तन गर्ने भएको छ । संघीय परिषद्को चौथो विस्तारित बैठक लुम्बिनीमा भएको बैठकले आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने र छलफलबाट उपयुक्त नाम तय गरिने पार्टीले जनाएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरिएको छ ।

संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा फागुन ९ देखि शुरु भएको विस्तारित बैठकमा पार्टीलाई सांगठनिकरुपमा पुनर्गठन गर्ने गरी प्रस्तावहरु अघि सारेको छ । जसमा बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने पार्टीले बताएको छ ।
त्यस्तै पार्टीले संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरेको छ । जसमा कार्यकारी समितिलाई दुई अंक अर्थात् ९९ मा कायम गरिएको छ । हाललाई ९९ जनाको केन्द्रीय कार्यकारी समिति गठन गरिएको छ । त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको छ ।

बैठकले पार्टी समितिका सदस्यहरुको योग्यता र अनुभव पनि किटान गरेको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरिएको छ ।

महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जहरु निश्चित गरेको छ । जस अन्तर्गत प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्र बहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय संयोजकको रुपमा राजु नेपाललाई जिम्मेवारी दिइएको छ र प्रवक्तामा प्रशान्त सिंह कायम रहेका छन् । पार्टीको दस्तावेज परिमार्जन गर्नका लागि संयोजक डा. बाबुराम भट्टराईको संयोजकत्वमा देवी प्रसाद ओझा, डम्बर खतिवडा, गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ । बैठकले विभिन्न प्रस्तावहरु पारित गरेको पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रकाशित समय : ०६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु