global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सेयर बजार २६ अंकले घट्यो

सेयर बजार २६ अंकले घट्यो

सेयर बजार २६ अंकले घट्यो

काठमाडौं, १३ फागुन । यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८६०४ कारोबारबाट १ अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १०.७५ प्रतिशत बढी हो ।
गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६६३८ कारोबारबाट १ अर्ब ५४ करो १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार ४ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.९२ अंकले घटेर अन्तिम दिन १३८६.९८ अंकमा पुगेको छ ।

प्रकाशित समय : ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु