global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको रामेछापको बेतालीमा

शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको रामेछापको बेतालीमा

शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको रामेछापको बेतालीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७९औँ शाखारहित बैंकिङ्ग सेवा रामेछापको बेतालीमा शुरु गरेको छ । बैंकले स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

बैंकले मंगलबारदेखि नै वित्तीय साक्षरता जगाउने उद्धेश्यले उक्त स्थानमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ ।
बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी दिए । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले उक्त सेवा शुरु गरेको हो । १२० वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा दिँदै आइरहेको छ ।

प्रकाशित समय : २३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु