global ime bank Long Banner Ad

गृहपृष्ठ कैलास विकास बैंकले उच्च व्याज दिने

कैलास विकास बैंकले उच्च व्याज दिने

कैलास विकास बैंकले उच्च व्याज दिने

काठमाडौं । कैलाश विकास बंैकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्बजनिक गरेको छ । यही फाल्गुन १३ गते आइतबार देखि लागु हुने गरी सिल्भर जुब्ली बचत खातामा ८.५०% वार्षिक ब्याज र तिन महिने मुद्दती खातामा १२% वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो ।

२५ औ वर्षमा प्रवेश गरेको बैंकले रजतवर्षको अवसरमा आप्mना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेठो यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । पौष मसान्तमा रु.१९ अर्व ११ करोड निक्षेप संकलन गरी रु.१७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको बैकले विकास बैंकहरु माझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको जनाइएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्बा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु