गृहपृष्ठ निर्धन उत्थानले दियो ग्राहकलाई तालिम
निर्धन उत्थानले दियो ग्राहकलाई तालिम
काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले बैंकले आफना ग्राहक सदस्यहरुलाई च्याउ खेति तालिम प्रदान गरेको छ । बैंकले बिहीबारदेखि आइतबारसम्म चितवनको भरतपुरमा च्याउ खेती तालिम दिएको हो ।
उक्त तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । च्याउ खेती तालिम सम्पन भएको बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले जानकारी गराएका थिए । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख व.कृ.वि.अ. श्री सुधिर श्रेष्ठ, बागबानी वि. अ. धनबहादुर थापा र रामराज पौडेल, गोविन्द मान श्रेष्ठ र नोदनाथ लामिछाने तथा च्याउ खेतीका चितवन जिल्लाका अगुवा कृषक अशोक लामिछानेले यस तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
च्याउ खेतीको महत्व, परिचय, संभावना र चुनौती, च्याउका किसिम, खान हुने र खान नहुने च्याउको बारेमा, सिताके च्याउ प्रविधि, पराले च्याउ प्रविधि, कन्ये च्याउ खेतीका लागि आवश्यक सामग्री बारेमा, च्याउको उत्पादन लागत लाभ अध्ययन, कन्ये च्याउ खेती प्रविधि (ब्यवहारिक बनाउन सिकाउने), च्याउमा लाग्ने प्रमुख रोग÷किराहरु र तिनको ब्यवस्थापन विधि, च्याउ प्रशोधन, च्याउबाट बन्ने विभिन्न परिकारहरु, गनोद खेती प्रविधि, च्याउ खेती अवलोकन भ्रमण, गोब्रे च्याउ (बटन मशरुप) खेती प्रविधि, च्याउ खेतीको स्कीम, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरुको बारेमा यस तालिमका सहभागीहरुले जानकारी हासिल गरेको क्षेत्रीय प्रमुख श्री परमेश्वर चौधरीले बताएका थिए ।
बैंकले देशभरिका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ ।
प्रकाशित समय : १४:०७ बजे