गृहपृष्ठ सानिमा लाईफ इन्स्योरेन्स बिराटनगरमा
सानिमा लाईफ इन्स्योरेन्स बिराटनगरमा
काठमाडौं । मोरङ्गको बिराटनगरमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक कार्यक्रमका बीच भएको छ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ निकट भविष्यमा सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : २२:१९ बजे



















