global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खानासँगै धेरै पानी पिउँदा, यस्तो हुन्छ समस्या

खानासँगै धेरै पानी पिउँदा, यस्तो हुन्छ समस्या

खानासँगै धेरै पानी पिउँदा, यस्तो हुन्छ समस्या

काठमाडौं । यदि तपाईंमा खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकी त्यसले तपाईंको स्वास्थ्यमा फाइदा गरिरहेको हुँदैन । पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ । तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । वैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । खाना खाएको बेला धेरै पानी पिउँदा यस्ता हानि देखिन सक्छन् :
– यदि तपाईं खानासँग धेरै पानी पिउनुहुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट तपाईंको खाना ठिक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन थाल्छन् ।
– खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानुभन्दा ३० मिनेट पहिले पानी पिउँदा त्यसले बीचबीचमा पानी पिउने बानी हट्दै जान्छ । खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।
– सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो । जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ ।
– यदि खाना खाँदा पानी नभई नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ । यदि पानीमा कागती मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्दत गर्दछ ।
– यदि तपाईंले दिनभर एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउन सक्नुहुन्छ । किनकि शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ ।
– खाना खाएको ३० मिनेटपछि पानी पिउनुपर्छ। यसले खाना सजिलोसँग पचाउन मद्दत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित समय : २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु