global ime bank Long Banner Ad

गृहपृष्ठ दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

चौबीसै घण्टा सम्म ब्रा लगाईराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाउनाले
छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले अफिस या
बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।
दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

१. स्तनमा पीडा हुने
जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेष गरी त्यो
महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन् ।

२. रक्तसञ्चारमा समस्या
चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्तसञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू
पनि नष्ट हुने खतरा हुन्छ ।

३.पिठ्यूँ दुख्ने
तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने
पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै
टाइट ब्रा लगाउँछन् ।

४. छालामा समस्या
चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

५. रातो बिमिरा आउने ९हाइपरपिग्मेन्टेशन०
धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

६. फंगस फैलिने आंशका
चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु