गृहपृष्ठ कांग्रेस अव पहिलाको जस्तै कांग्रेस बन्छः नेता रिजाल
कांग्रेस अव पहिलाको जस्तै कांग्रेस बन्छः नेता रिजाल
कृष्ण खनाल । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले कांग्रेस पहिलाको जस्तै कांग्रेस बन्ने बताएका छन् । उनले अहिले पार्टीमा विभिन्न मतभेद रहेको भन्दै त्यसलाई अन्त्य गर्दै अझ झनै माझिएको पार्टीको रुपमा नेपाली काग्रेस पाटी बन्ने बताएका हुन ।
रिपोर्टर्स क्लव प्रदेश न ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले बाम सरकार तानाशाही बन्ने कोशिषमा समेत आरोप लगाएका थिए । ‘हरेक तानाशाहको जन्म म नै ठिक अरु सबै बेठिक भनेपछि शुरु हुन्छ,ओलीले आफ्नो मात्रै प्रशंशा गर्दै हिडेका छन् ,अन्तिम सत्य मैलेमात्रै देखेको छु भन्ने अहंकार उनमा छ ।’ रिजालले भने ।
‘अहिले त संयम हुने बेला हो , सरकारले अहंकार गर्ने होइन जनताका प्रति कर्तब्य निर्बाह गर्नुस् ।’ ‘हामीलाइ खिसिट्युरे ठान्ने,अरु सब गलत भन्ने ,नमच्चिने पिङको सय झड्का भनेको यहि हो । ’ ‘काम गर्ने बेला हो ,अरुलाइ खिसिट्युरे गर्ने बेला होइन ’ उनको सुझाब छ । सरकारको मुल्यांकन जनताले गर्ने भन्दै उनले काम गरेर देखाउन आग्रह गरे ।
प्रधानमन्त्रीले जहा जांदा पनि मै ठिक छु, बाधा गर्नेलाइ सहन्न, भन्ने गरेको भन्दै उनले सरकारले धम्काउदै तर्साउदै हिडेको बताए । सरकारका गतिबिधि लोकतन्त्र बिरोध भएको उनको दाबि छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका उनले भने —‘कांग्रेसभित्र कचरपचर गर्ने बेला छैन,अैले असहमति गर्ने बेला छैन ,पार्टी मिलापका साथ अघि बढ्नुपर्छ । ’
जनताको मत राम्रो पाका छौं तर सरकारमा छैनौं ,उपस्थित पातलो छ ,पातिलएको पक्षिपक्षले घरमा कलह नगरौं । सरकारले पेल्ने,थिचोमिचो गर्ने गरेको भन्दै कम्युनिष्ठ सत्तालाइ लोकतन्त्रको बाटोमा हिडाउन कांग्रेसको भूमिका रहने उनको भनाइ छ ।
आक्रोश र चुनौतीलाइ सहज बनाउन सहमतिका साथ अघि बढ्न कांग्रेस नेतृत्वलाइ उनको आग्रह छ । उनले पत्रकारले कांग्रेसको मात्रै खेदो खनेको भन्दै सरकारको पनि आलोचना गरेर राम्रो सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
नेपालको सम्बन्ध भारत र चीनसंग सम्बन्ध राम्रो हुनुपर्ने भन्दै उनले उनीहरुसंग सम्बन्ध बिगारे नेपालले मात्रै दुख पाउने धारणा राखे । ‘दुनियामा सबैले चिनेका देशका बिचमा हामीछौं,सम्बन्ध राम्रो नभए दुख यीनीले पाउदैनन्, हामीले पाउछौं ।’
‘भारत बिरोधको नाममा भोट पाउनुभयो होला तर अहिले साख्खै बन्नुभाछ ,जनताले मुल्यांकन गर्नेछन् । ’हाम्रो दुबैतिर ठूला घरछन् र बिचको सानो घरको धुरीमा बसेर चिच्चाउदैमा आफ्नो घर ठूलो हुदैन उनले प्रधानमन्त्रीलाइ ब्यङग्यंय गरे ।
प्रकाशित समय : २०:४३ बजे



















