global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालबाट बंगलादेशमा धागो निकासी खुलाउन सरकारको पहल

नेपालबाट बंगलादेशमा धागो निकासी खुलाउन सरकारको पहल

नेपालबाट बंगलादेशमा धागो निकासी खुलाउन सरकारको पहल

काठमाडौं । नेपालबाट बंगलादेशमा करिब ५ अर्ब रुपैयाँको धागो ९यार्न० निर्यात हुने गरेको थियो । निकासीमा अबरोध आएपछि यसलाई खुलाउन पहल सुरु भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए ।
आउदो जेठ १६ र १७ गते काठमाडौंमा हुने नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालय स्तरिय वैठकमा निकासी खुलाउन नेपालले जोड दिने उनले बताए । ‘हाम्रो मुख्य ऐजेन्डा बंगलादेशले धागो निकासीमा लगाएको अबरोध हटाउनु हो,’ उनले भने । अबरोध हटेपछि बंगलादेशमा मात्रै मुलुकदेखि करिब ५ अर्बको धागो वार्षिक निर्यातको बाटो खुल्नेछ ।’
मन्त्रालयको अनुसार केही वर्ष अघिदेखि बंगलादेशले एकै पटक नेपाल र भारतबाट धागो आयात गर्न छोडेको थियो । पछिल्लो समय भारतदेखि भने बंगलादेशले धागो खरिद गर्न थालेको छ । विगतमा मुलुकबाट बंगलादेश कांकडभिट्टाको फुलबारी बंगलावन्ध नाका हुदै धागो निर्यात हुने गरेको थियो ।
त्यस्तै बंगलादेशसँगको व्यापार वैठकमा क्वारेन्टाइन, ट्रान्जीट, कोरिडोर लगायतको सहजताको विषयमा समेत घनिभुत छलफल हुने प्रवक्ता सैंजुले जानकारी दिए।

प्रकाशित समय : ०३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु