global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटमा अनुबन्ध

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटमा अनुबन्ध

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटमा अनुबन्ध

काठमाडौं १८ फागुन । नेपाली लेगस्पीनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटमा अनुबन्ध भएका छन् । लामिछानेलाई क्रिस गेल कप्तानीको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले अनुबन्ध गरेको हो । लण्डनमा गएराती सम्पन्न खेलाडीको बोलकबोलमा सन्दीपलाई ५ हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले बोली लगाएको सिपिएलले जनाएको छ । सन्दीप इन्डीयन प्रिमियर लिग आइपीएल अन्तरगत दिल्ली डेयरडेभिल्समा आवद्ध छन । सन्दीप र सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सका कप्तान क्रिस गेल अहिले विश्वकप छनोटमा सहभागि हुन जिम्बावेमा छन । नेपाली क्रिकेट टोलीले पर्सि उद्घाटन खेलमा आयोजक जिम्बावेसंग खेल्ने छ ।

प्रकाशित समय : १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु