global ime bank Long Banner Ad

गृहपृष्ठ प्राविधिक सहायकको भरमा गाउँपालिका

प्राविधिक सहायकको भरमा गाउँपालिका

प्राविधिक सहायकको भरमा गाउँपालिका

कृष्ण खनाल
बुटवल- केहि दिन पहिला कञ्चन गाउँपालिका १ का किसा नयम बहादुर क्षेत्रीले आफ्नो खेतमा लगाएको केरा खेतीको विमा गर्नको लागि के कस्तो व्यवस्था छ भनेर बुझ्न सेवा केन्द्रमा गए । तर त्यहाँ प्राविधिक सहायक पदमा कार्यरत रहेका शिवलाल घिघिरे अध्यायन विदामा बसेका थिए । नेपाल सरकारले एक गाउ एक प्राविधिक अनुसार करारमा नियुक्ति गरेका रामकृष्ण जैसीले विमा लगायतको विषयमा आफुलाई जानकारी नभएको र विस्तृत जानकारी लिन जिल्ला कृषि विकास कायालय जान सुझाए ।
अर्को दिन ठुलो हावाहुरी आयो किसान क्षेत्रीले लगाएको ३ विघाको केरा खेती नष्ट भयो । पिडीत किसान भन्छन्, ‘कृषि प्राविधिक खोज्न मलाई केही दिन लाग्यो, विमा गर्ने कम्पनी संग बुझ्न नपाउदै हावा आएर सबै केरा ढालिदियो ।’ करिव १५ लाख रुपैयाँ बराबरको क्षती भएको पिडीत किसानको भनाई रहेको छ । यदि उनको फलफुल अन्र्तगत विमा भएको भए ७५ प्रतिशत सम्म क्षतीपुर्ती पाउथे ।
यो एउटा गाउमा प्राविधिक नहुँदाको एउटा नमुना उदहारण मात्रै हो । पछिल्लो समयमा नेपाल सरकारले जिल्लगत तहमा रहेका प्राविधिक कार्यालय खारेज गरेर गाउपालिकामा स्थापन गर्ने नियम ल्याएपनि हाल गाउ गाउमा प्राविधिक कार्यायलयमा कर्मचारी नहुँदाको प्रत्यक्ष मार किसानहरुले व्यहोर्नुपरेको छ ।
किसानहरुको प्रत्यक्ष दैनिक जिवनका असर पर्ने प्राविधिक कार्यालयहरुमा विज्ञ जनशक्तिको अभाव रहेको कारण किसानहरुले पटक पटक आफ्नो कृषिजन्य उपजको मुल्य पाउन सकेका छैनन् भने सरकारी कार्यालयबाट थप सेवाको अलवा सास्ती व्यहोर्न बाध्य छन् । कञ्चन गाउपालिका रुपन्देहीको १६ वटा स्थानिय तह मध्ये एक नमुना मात्रै हो । जिल्लाका अन्य गाउपालिकामा पनि प्राविधिकहरुको उपलब्धता नभएको कारण किसानहरुले थप सास्ती पाउने गरेका छन् ।
कञ्चन गाउपालिका की मौरी पालन किसान पुष्पा पुनले मौरी पालन गर्ने किसानलाई गाउपालिकाले किसानको रुपमा व्यवहार नै नगर्ने गरेको बताउछिन् । गाउ पालिकामा स्थनिय सरकार आएपछि किसानहरुको समस्या सामाधन होला कृषि क्षेत्रको लागि आएको बजेट उचित तहले किसानले पाउलान् भन्ने आशा नै हराएको उनको गुनासो रहेको छ । किसान पुन भन्छिन्, ‘विगतका बर्षहरुमा मौरी पालक किसानलाई केही रुपमा भएपनि घार लगायत प्राविधिक सहयोग तालिम आउने गरकेो थियो, अहिले मौरीका किसान किसान नै होईनन् भन्ने गापाको धारणा रहेको छ, हाम्लाई कस्ले हेर्ने ।’
साविक गजेडी गाउ विकास समिति र रुद्रपुर गाउविकास समिति रहेको कञ्चन गाउपालिकामा ५ वटा वडाहरु रहेका छन् । जसमा ३३ हजार ७२ (जनगणना २०६८) जना बसोबास गर्दै आएका छन् । यता, कञ्चन गाउपालिकाका अध्यक्ष गोर्कण बहादुर क्षेत्रीले हाल कर्मचारी संयोजनको कुरा आएको कारण जिल्ला कृषि विकास कार्यालयबाट कर्मचारी नआएको कारण नायव प्राविधिक सहायकको भरमा गाउपालिकाको कृषि विकास शाखा सञ्चालन गर्नुको बाध्याता रहेको बताउँछन् ।
एक जना प्राविधिक सहायक पदमा कार्यारत रहेका व्याक्ति अध्यन विदामा गएको कारणले पनि गाउपालिका प्राविधिक विहिन भएको उनको तर्क रहेको छ । उनी भन्छन्, ‘गाउपालिकाले करारमा कर्मचारी भर्ना गर्ने योजना बनाएपनि नेपाल सरकारको कर्मचारी संयोजकन नभईसकेको अवस्थमा भर्ना गर्न नपाउने भएको कारण समस्या भएको हो ।’ असार मसान्त पछि कर्मचारी आएपछि केही सहज हुने उनको भनाई रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले गाउपालिलाई मन्त्रालयबाट आएको स्वीकृत बजेट अनुसार कार्यक्रम बनाएर पठाएको भएपनि नेपाल सरकारका प्राविधिकलाई भन्दा पनि गैरसरकारी संस्थालाई कृषिको बजेट बाडँफाँड गरि दिइएको कारण पनि प्राविधिक व्याक्ति फिर्ता पाउठाउनु परेको बताउछन् ।
गापाको कृषि बजेट गाउ सभा हुन भन्दा पहिला नै जिल्ला कृषि विकास कार्यालयले साविक सञ्चालनमा आएका योजना, हाल सञ्चालन गर्नुपर्ने योजना लगायतक कार्यक्रम समेटेर कार्यक्रम नै बनाएर पठाएको भएपनि गाउपालिकाले आफुखुसी गरेको कारण हाल रिक्त रहेको स्थानमा कर्मचारी नपठाएको उनको स्पष्टोक्ति रहेको छ । उनी भन्छन्, ‘अध्यायन विदामा पठाएको हो, रिक्त स्थानमा असार मसान्त पछि संयोजनबाट कर्मचारी आउछन् ।’

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु