global ime bank Long Banner Ad

गृहपृष्ठ मिसनले बैंकले गर्यो सडक डिभाइडरमा लगाइएको फूलको गोडमेल

मिसनले बैंकले गर्यो सडक डिभाइडरमा लगाइएको फूलको गोडमेल

मिसनले बैंकले गर्यो सडक डिभाइडरमा लगाइएको फूलको गोडमेल

बुटवल- बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडले शनिबार बुटवल–बेलहिया सिक्सलेन सडकको शंकरनगर–ड्राईभरटोल खण्डको डिभाइडरमा लगाइएका फूलका विरुवामा गोडमेल गरेको छ । बैंकले डिभाइडरमा लगाइएका फूलमा गोडमेल गर्दै थप फूलका विरुवाहरु लगाएको हो । सामाजिक उत्तरदाहित्व अन्तर्गत् सडक हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग गर्दै लगाइएको फूलमा गोडमेल गरिएको बैंकले जनाएको छ ।

गोडमेल, सरसफाई तथा वृक्षरोपण कार्यक्रममा बैंकका सञ्चालक, कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसअवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले अघि सारेको ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमाको अभियानलाई साथ दिँदै हरियाली प्रवद्र्धनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो । बैंकका अध्यक्ष लिलबहादुर केसी र प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरलेले बैंकले फूल लगाएको क्षेत्रमा तारबार समेत गर्ने जानकारी गराउनुभयो । बैंकले तीन लाख रुपैंयाँमा हरियाली प्रवद्र्धनको काम गरिएको जनाएको छ ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु