nmb bank

गृहपृष्ठ भन्सार मुहानमै कडाई बोले सबैकुरा खुल्छन् कम बोल्ने प्रण : अर्थमन्त्री डा . युवराज खतिवडा 

भन्सार मुहानमै कडाई बोले सबैकुरा खुल्छन् कम बोल्ने प्रण : अर्थमन्त्री डा . युवराज खतिवडा 

भन्सार मुहानमै कडाई बोले सबैकुरा खुल्छन् कम बोल्ने प्रण : अर्थमन्त्री डा . युवराज खतिवडा 

काठमाडौं  । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार पहिलोपटक मन्त्रालयमा बजेटको मध्यावधि समिक्षा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरे। धेरै नबोल्ने प्रण गर्दे मन्त्रीले धेरै नबोलेको विषयबस्तुमा ज्ञान नभएको, समस्या वा समधानको विषयमा जानकारी नभएर नभइ बोल्दै गर्दा धेरै कुरा खुल्ने डरले कम बोल्ने प्रतिक्रिया  दिए । धेरै बोल्दा विगतको सबै कुरा खुल्ने र सबैलाई अप्ठेरो पर्ने सक्ने बताउदै काम गर्ने साथिहरुको मनोवल गिराउने उदेश्य नभएका कारण त्यता जान नचाहेको बताए ।

खतिवडाले पदमा बस्ने र कर्मचारीबाट पनि गर्नु पर्ने काम गर्न नसकेको र धेरै कमजोरी रहेको विषयलाई इंगित गरेको सहजै बुझ्न सकिन्थ्यो। प्रधानमन्त्री कार्यलय अनुगमन टोलि बन्छ त्यसले हामी माथि पनि काम नगरे वापत निगरानी राख्न र अनुगमन गर्न पाँउछ उनले भने।
अबको दिन केही असहज रहेको र पूर्ववर्ति सरकारले गरेको निर्णको कारण समस्यामा पर्न सकिने तर्फ संकेत गर्दै वित्त व्यवस्थापन र विकृत्तिका विषयमा केही सुधारका पक्ष समेट्न थालेको प्रतिक्रिया दिएका छन्।
भन्सारमा कम मूल्याकन गर्ने र व्यापारको क्रममा छापा मार्ने प्रवित्तीको अन्त्य गर्ने, भन्सारमा कम मूल्यांकन गर्ने र दरवारमार्गमा छापा मार्ने प्रवृत्तीले समधान निस्कदैन,मुहानमै सफा गर्ने हो खतिवडाले भबोल्ने।
उनले ७३० अर्बको राजश्‍व न्यूनतम विन्दु भएको भन्दै त्यहाबन्दा बढी उठाउन सकिने बताए। ‘राजस्वको लक्ष्य त न्यूनतम हो, सरकारले लक्ष्यभन्दा बढी राजस्व उठाउँछ’ खतिवडाले भने। उनले करमा कडाइ गर्ने र करको दायार वृद्धि गर्न सकिने बताएका छन्।

 

प्रकाशित समय : ०३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु