global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ उद्योग वाणिज्य महासंघको निर्वाचन शुक्रबार

उद्योग वाणिज्य महासंघको निर्वाचन शुक्रबार

उद्योग वाणिज्य महासंघको निर्वाचन शुक्रबार

काठमाडौं  ।  रिक्त रहेको जिल्ला नगर उपाध्यक्षको लागि २५ फागुन शुक्रबार निर्वाचन हुने भएको छ । सर्वोच्चमा रिट परेपछि निर्वाचनमा समस्या देखिए र  खारेजपछि २५ फागुनमा मिति तय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।
किशोरकुमार प्रधान प्यानलबाट उपाध्यक्षमा जितेका प्रमोद श्रेष्ठलाई महासंघ कार्यकारीणी समितिको बैठकबाट खारेज गरिएको र सोही पदको लागि गर्न थालिएको हो। स्थानीय तहको निर्वाचमा म्याग्दी नगरपालिकाबाट निर्वाचन लडेपछि महासंघको विधान अनुसार महासंघको पदबाट रिक्त गरि निर्वाचनको मिति तोकको थियो। तर, श्रेष्ठले निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका निर्वाचन मिति पर सरको थियो।
सर्बोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि रिक्त पदमा निर्वाचन हुन थालेको र जिल्ला नगर उपाध्यक्षको लागि व्यवसायीहरु निरक केसी, किशोर प्रधान र प्रकाश साउदले उम्मेद्वारी दर्ता गराए।

प्रकाशित समय : ०३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु