global ime bank Long Banner Ad

गृहपृष्ठ बुटवल उपमानगर थाल्याे ग्राभेल र पिचको अनुगमन

बुटवल उपमानगर थाल्याे ग्राभेल र पिचको अनुगमन

बुटवल उपमानगर थाल्याे ग्राभेल र पिचको अनुगमन

बुटवल- बुटवल उप–महानगरले सडकको स्तरोन्नतिका क्रममा भइरहेका ग्राभेल, पिच र नाली निर्माणका कामलाई टिकाउ र गुणस्तरको बनाउन निर्माणकर्ताहरु लाई निर्देशन दिएको छ ।

बुटवल उप–महानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले प्राविधिकहरुसहित आइतबार ग्राभेल र पिच भइरहेका विभिन्न सडकहरुले अनुगमन गर्दै यस्तो निर्देशन दिएकी हुन्  । बुटवलको वडा नं. ९, ११ र १३ का विभिन्न सडकहरुको अनुगमन भएको थियो ।

जाँच पास तथा फरफारक समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले स्थानीय उपभोक्ताहरुलाई पनि निरन्तर निगरानी गर्न आग्रह गरिन् । पूर्वाधार निर्माणका कामहरुमा उपभोक्ताहरुको निगरानी जरुरी रहेको भन्दै कुनै पनि संरचनाहरु टिकाउ र गुणस्तरीय बनाउनु पर्नेमा उपप्रमुखको जोड थियो ।

बुटवल–११, देवसिद्ध टोलको देविपथमा आइतबार दिउसो सडक पेटीमा राखिएका मोटरसाइकलका स्ट्याण्डले बाटोमा खाल्डाहरु परेका थिए । भर्खर पिच सकिएको उक्त सडकमा ति खाल्डा देखेपछि उपप्रमुख आचार्यले तुरुन्दै प्राविधिक ईन्जिनियर सफिर अहमद खानलाई यो सुधार नगरेसम्म पास नगर्नु भन्दै निर्देशन दिइन् ।

उपप्रमुख आचार्यसहित ईन्जिनियर खानसहित योजनाका शाखाका वरिष्ठ अधिकृत डोलराज अर्याल, कार्यपालिका सदस्य रञ्जित शेरचनलगायतले स्थानीय समुदायलाई भेटेर कामको गुणस्तरको बारेमा चासो लिएको थियो । स्थानीय युवा हरि पंगेनीले निर्माणका काममा आफुहरुले पालो बाँडेर निगरानी गरिएको बताए । स्थानीय महिलाहरु पार्वती पाण्डे, गंगा न्यौपानेलगायतले नाली निर्माणको काम भने अधुरो रहेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

देविपथक सडक तीन सय २४ मिटरको छ । यो सडकको लागत ७८ लाख ७२ हजार ६ सय बराबरको रहेको छ । उपभोक्ताको समेत लागत सहभागितामा बुटवलमा अरु कैयौं सडकहरुको स्तरोन्नति भइरहेको छ । सगुन कन्ष्ट्रक्सनले यो सडकको निर्माणको काम गरिरहेको छ । उपप्रमुख आचार्य नेतृत्वको टोलीले यो सहित सोही वडाको अनुग्रह पथ, वडा नं. १३ को नव नमुनापथ र सोही वडाका जवई टोलसम्मका ग्राभेल सडकहरुको अनुगमन गरिएको १३ का वडा अध्यक्ष नारायणप्रसाद पुनले जानकारी दिए ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु