global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि पत्रकार समाजले ‘कृषि बुलेटिन’ प्रकाशन

कृषि पत्रकार समाजले ‘कृषि बुलेटिन’ प्रकाशन

कृषि पत्रकार समाजले ‘कृषि बुलेटिन’ प्रकाशन

बुटवल-कृषि पत्रकार समाज नेपाल रुपन्देही शाखाले कृषि पत्रिका मासिक रुपमा प्रकाशन गर्ने भएको छ । समाजको पहिलो बैठकले मासिक पत्रिका ‘कृषि बुलेटिन’ प्रकाशन गर्ने निर्णय गरेको हो ।
सामाजका रुपन्देही अध्यक्ष कृषि खनालले कृषिको पेशालाई व्यवसायिकरण र आधुनिकिरणका साथै उत्पादक किसान, विक्रेता र बजार विचको संमन्वयकारी भुमिका निर्वाह गर्नको लागि समाजले पत्रिका प्रकाशन गर्न लागेको जानकारी दिए । समृद्धिका आधारहरु मध्ये कृषि क्षेत्र पनि एक रहेको भन्दै कृषकका समस्या, गुनासा, कृषिमा यान्त्रिकरण, आधुनिकिकरण, किसानका गुनासो–विज्ञको जवाफ लगायतका विविध विषयहरु समेटेर मासिक पत्रिका प्रकाशन गरिने उपाध्यक्ष भुुवन पाण्डेले जानकार िदिए ।
त्यस्तै समाजको बैठक यहि असार १५ गते राष्ट्रिय धान दिवस भव्य रुपले मनाएको निर्णय गरेको छ । सरकारले राष्ट्रिय धान दिवस रुपमा घोषणा गरे संगै समाजले पनि किसान र पत्रकारहरुको विचमा संमन्वयकारी भुमिका निर्वाह गर्दैै अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको हो । अवसरमा दहि, चिउरा खानुको साधै राष्ट्रिय धान दिवसको महत्वको विषयमा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको कोषाध्यक्ष बसन्त राज बरालले जानकारी दिए ।
कार्यक्रममा कृषि विज्ञ, किसान, सञ्चारकर्मीका साथै व्यवसायीक व्याक्तित्वको समेत सहभागीत हुने समाजका सचिव विकाश पराजुलीले जानाकारी दिए । त्यसैगरी समाजले प्रकाशन गरेको भित्तेपात्रोमा सहयोग गर्ने सहयोगदातालाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । समाजको पहिलो प्रयासलाई साथ दिने विज्ञापनदाता, पदाधिकारी, सदस्य तथा सल्लाहकारलाई बैठकले धन्यवाद ज्ञापन गरेको हो ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु