global ime bank Long Banner Ad

गृहपृष्ठ दार्चुला ५२ औं खुला दिसामुक्त जिल्ला घोषित

दार्चुला ५२ औं खुला दिसामुक्त जिल्ला घोषित

दार्चुला ५२  औं  खुला दिसामुक्त जिल्ला घोषित


दार्चुला । ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ खुला दिसामुक्ता जिल्लाको रुपमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले घोषणा गरे ।
जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाममा रहेको खुलामञ्चमा भएको एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख करवीरसिंह कार्कीले प्रतिबद्धता वाचन गर्दै जिल्ला खुला दिशामुक्त भएको घोषणा गरेका हुन् ।
जिल्लाभरि रहेका कूल २६ हजार २६ घरधुरीमा तथा सार्वजनिकस्थलमा शौचालय निर्माण भई प्रयोगमा आएसँगै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
दार्चुलालाई सन् २०१६ मै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको भएपनि लक्ष्य प्राप्ति हुन नसकेपछि सन् २०१८ मा आएर खुला दिसामुक्त घोषणा गरिएको छ ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभिप्रायका साथ २०६६ साल असोज ५ गते साविकको धारी गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो भने महाकाली नगरपालिकालाई २०७४ साल माघ १५ गते खुला दिसामुक्त घोषणा गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी थालिएको थियो ।
जिल्लामा सरसफाइको पहुँचको अवस्था शतप्रतिशत रहेको छ । जिल्लामा ९७ प्रतिशत सुधारिएका शौचालय रहेका छज्, भने तीन प्रतिशत शौचालय कच्ची अवस्थामा रहेका छन् । २०६८ सालमा जिल्लामा सरसफाइको अवस्था १४ प्रतिशत रहेकोमा हाल १०० प्रतिशत रहेको छ ।
जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानमा आर्थिक वर्ष २०६८/६९ देखि हालसम्म रु १२ करोड ४१ लाख १८ हजार खर्च भएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिए ।
जिल्ला खुला दिसामुक्त कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक भोजराज भट्ट, सुरेश शाही, दीपा रोकाया, रेखा जोशी, पुष्पा बोहरा र गौरी भट्टले प्रस्तुति राख्नुका साथै लेकमको हुडकेउली नाच, दुहुँको सरौ नाच तथा व्याँसी सौकाको झाँकी प्रदर्शन गरिएका थिए ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु