nmb bank

गृहपृष्ठ विश्वकै सफल प्राकृतिक उपचार पद्धति ‘स्पा’

विश्वकै सफल प्राकृतिक उपचार पद्धति ‘स्पा’

विश्वकै सफल प्राकृतिक उपचार पद्धति ‘स्पा’


स्पाको विकास करिव करिव १५ वर्षको छ । १० वर्षको अवधिमा स्पाले राम्रो प्रभाव राखेको छ । काठमाडौंमा नाम चलेका हस्पिटलले पनि स्पालाई विभागको रुपमा छुट्टै संचालन गरेका छन् । स्पा के हो ? यो किन आवश्यक छ ? यस विषयमा स्पा क्षेत्रमा १५ वर्ष विताई दुई वर्षअघि आफै सुस्वास्थ्य हस्पिटल सञ्चालन गरी स्पाको सेवा गरिरहेका सुस्वास्थ्य हस्पिटलको संचालक तथा प्रमुख अकुपञ्चर विज्ञ सुदर्शन बस्नेतसँग न्यूज कारोवारको लागि संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी :

स्पा भनेको के हो ?
– स्पा भनेको पहिले पातिबाट उपचार गरिने पद्धतिको रुपमा बुझिन्थ्यो, अहिले स्पाको परिभाषा पञ्च ज्ञानेन्द्रियको सन्तुष्टी हुने ठाउँ नै स्पा हो । पहिले स्पा थेरापीको रुपमा विकसित भएको थियो । तर अहिले अन्तर्राष्ट्रिय स्पा संगठनले ‘जुन ठाउँमा जाँदा वा रहँदा पञ्च ज्ञानेन्द्रियले सन्तुष्टि प्राप्त गर्दछ त्यस ठाउँलाई स्पा भनिन्छ’ भनेर परिभाषित गरेको छ । स्पाको फरक फरक पार्ट छन् । जस्तै: होटल स्पा, क्रुज स्पा, मेडी स्पा, प्राकृतिक स्पा, रिसोर्ट स्पा, क्लव स्पा, डिष्टिनेशन स्पा आदि हुन्छन् । सुस्वास्थ्य हस्पिटलको कुरा गर्नुहुन्छ भने यो नेचुरल स्पाभित्र पर्दछ । स्पामा नसर्ने रोगको थेरापी गरिन्छ । विशेषगरी स्पामा आत्मवल र नैतिकवल बढाउनका लागि स्पा थेरापी गरिन्छ ।

नेपालमा स्पाको शुरुवात कहिले भयो ? कति प्रकारको स्पा सञ्चालनमा छन् ?
– विश्व परिवेषमा स्पा थेरापी पातीबाट उपचार गर्ने पद्धतिको चाहिँ धेरै पहिले भएको पाइन्छ । फिनल्याण्ड र थाइल्याण्डतिर यसको धेरै विकास भएको छ । स्पा विश्व परिवेषमा पनि २०–२५ वर्षको मात्र इतिहास छ । नेपालमा स्पाको शुरुवात करिव करिव १५ वर्षको छ, तर १० वर्षको अवधिमा यसको धेरै विकास भएको छ । नेपालमा मेडी स्पा, डे स्पा, क्लव स्पाको विकास भएको छ तथा संचालनमा छ ।

स्पाको अवस्था नेपाल वा अन्तर्राष्ट्रमा कस्तो छ ?
– स्पाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यसको इतिहास छोटो भएपनि छिट्टै नै यसले आवश्यकता पुरा गर्न सकेको छ । स्पामा गरिने उपचार भनेको हामीले परापूर्वकालदेखिको संस्कृति हो । यसलाई व्यवस्थित गरिएको मात्र हो । जबकी हामी जन्मिने वित्तिकै हामी मसाज गर्दछौं । स्पा मेडिकल साइन्सको परिपुरक हो । अहिले नेपालको अवस्थामा भन्ने हो भने ग्राण्डी, नर्भिक लगायतका हस्पिटलले समेत विभाग बनाएर संचालनमा राखेका छन् । मेडिकल साइन्सको परिपूरककै रुपमा विकास भएको छ ।

नेपालमा स्पाको लागि दक्ष जनशक्ति कस्ता छन् ? कसरी उत्पादन गर्दछन् ?
– नेपालमा स्पा केलाई भन्ने परिभाषा नै छैन । यहाँ जस्ले जसरी पनि संचालन गरिरहेका छन् । स्पाको लागि खाली ट्रेनिङ्ग मात्र छ । त्यस्तो लाइसेन्स वा सर्टिफिकेटको व्यवस्था छैन । सबै थेरापिष्टहरुले ५–६ महिनाको ट्रेनिङ्ग लिएका हुन्छन् । मेडी स्पामा चिकित्सकसँग सल्लाह गरेर मात्र गरेको हुन्छ । सुस्वास्थ्य हस्पिटलमा फिजियो थेरापिष्ट, अक्कुपञ्चर, नेचुरलप्याथिक डाक्टरहरुको सल्लाहमा गरिन्छ । स्पाको खासै अनुसन्धान पनि छैन । कुनै संस्था वा निकायले यसलाई हेर्ने व्यवस्था आजसम्म छैन ।

नेपालमा स्पाको समस्या के छ ? स्पाको विकास कसरी गर्न सकिन्छ ?
– नेपालमा स्पाको अध्ययन तथा अनुसन्धान खासै छैन । त्यसमा पनि स्पाभित्रकै साथीहरु विच पनि मत फरक छन् । सबै स्पा सञ्चालकहरु नै स्पाप्रति पूर्व दक्ष र विश्वस्त छैन । सबै संचालकहरु आ–आफ्नै कुरामा अडिक छन् । विश्वमा नै स्पाको दुई वटा मान्यता छ, एक मेडिकल स्पा र अर्को मेडिकल विनाको स्पा यसमै साथीहरुको आ–आफ्नो इच्छा छ । नेपालको सन्दर्भमा मात्र हैन विश्वमा नै स्पाको लागी दक्ष जनक्तिको आवश्यक ठूलो छ । हामीले स्पामा केही लगानी गर्न सकेको खण्डमा हामी धेरै छिटो स्पाको विकास गर्न सक्छौं । स्पा स्कूलहरुको जरुरत छ ।

सुस्वास्थ्य हस्पिटलमा अरुको भन्दा के फरक छ ?
– सुस्वास्थ्य हस्पिटलमा कम्वाइन्ड उपचार हुन्छ । यहाँ विरामी र डाक्टरको सम्वन्ध एकदमै नजिक वा पारिवारिक छ । सुस्वास्थ्यमा बस्ने रुमहरु पनि आफ्नै घरमा जस्तो छ । हाम्रोमा सबै किसिमका विरामीले उपचार गर्न सकिन्छ । यहाँ सबै किसिमको सेवा उपलब्ध छ । सुस्वास्थ्यमा ८० प्रतिशत भन्दा बढी कम्मर र गर्धनको नसा च्यापिएको विरामीले उपचार गर्दछन् । अहिलेको अवस्थामा सुस्वास्थ्यमा सन्तुष्ट छन् ।

प्रकाशित समय : २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु