गृहपृष्ठ सामुदायिक आँखा केन्द्रले लाख भन्दा बढिको परीक्षण
सामुदायिक आँखा केन्द्रले लाख भन्दा बढिको परीक्षण
नुवाकोट । सदरमुकाम विदुरमा १५ वर्षदेखि सञ्चालनमा आएको नुवाकोट सामुदायिक आँखा केन्द्रले आजदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
एक रोपनी पाँच आना जग्गामा भवन निर्माण गरी सेवा दिन शुरु गरिएको हो । यसअघि नेपाल रेडक्रस सोसाइटीको भवनबाट सञ्चालन गरिदै आएको थियो ।
४५ लाखको लागतमा बनेको छ कोठे प्रिफ्याब भवन उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सामुदायिक आँखा केन्द्रले नुवाकोटमा हजारौको सेवा गरेको बताए । विसं २०६० चैत १ गतेदेखि सञ्चालित सो केन्द्रले हालसम्म एक लाख १२ हजार जनाको आँखा परीक्षण गर्नाका साथै चार हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । केन्द्रको भवन निर्माणका लागि आवश्यक जग्गा स्ट्यान्डर्र्ड चार्टर्ड बैंकले खरिद गरिदिएको हो ।
रासस
प्रकाशित समय : ०२:१६ बजे