गृहपृष्ठ वर्षेनी वायु प्रदूषणका कारण ३५ हजार मृत्यु

वर्षेनी वायु प्रदूषणका कारण ३५ हजार मृत्यु

वर्षेनी वायु प्रदूषणका कारण ३५ हजार मृत्यु

विराटनगर ।  नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ मा वायू प्रदूषणका कारण अनेकौं रोग निम्तिने गरेको जानकारी दिए ।
प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण कसरी समाधान गर्ने तर्फ सोच्नु पर्ने बताए ।
नाष्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । हामी आफैंको असावधानीले प्रद्रषण भएको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुली बताए ।

नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताए ।

विराटनमा निःशुल्क स्वास्थ्योपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल चार करोड ५४ लाख ७१ हजार रकम बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा उपलब्ध गराएको छ । दश महिनाका अवधिमा न्यून आर्थिक अवस्था भएका ७६४ बिरामीलाई निःशुल्क उपचार सेवा विपन्न नागरिक औषधोपचार कोषअन्तर्गत उपलब्ध गराएको अस्पतालका निर्देशक डा राजेश नेपालले बताए ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु