global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वर्षेनी वायु प्रदूषणका कारण ३५ हजार मृत्यु

वर्षेनी वायु प्रदूषणका कारण ३५ हजार मृत्यु

वर्षेनी वायु प्रदूषणका कारण ३५ हजार मृत्यु

विराटनगर ।  नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ मा वायू प्रदूषणका कारण अनेकौं रोग निम्तिने गरेको जानकारी दिए ।
प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण कसरी समाधान गर्ने तर्फ सोच्नु पर्ने बताए ।
नाष्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । हामी आफैंको असावधानीले प्रद्रषण भएको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुली बताए ।

नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताए ।

विराटनमा निःशुल्क स्वास्थ्योपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल चार करोड ५४ लाख ७१ हजार रकम बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा उपलब्ध गराएको छ । दश महिनाका अवधिमा न्यून आर्थिक अवस्था भएका ७६४ बिरामीलाई निःशुल्क उपचार सेवा विपन्न नागरिक औषधोपचार कोषअन्तर्गत उपलब्ध गराएको अस्पतालका निर्देशक डा राजेश नेपालले बताए ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु