काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चेन्नई सुपरकिंग्स फाइनलमा जाने पक्का

14.28K
shares

मुम्बई- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले नाटकीय खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा सनराइजर्स हैदरावादमाथि २ विकेटको रोमाञ्चक जित हात पारेर चेन्नई फाइनलमा प्रवेश गरेको हो ।
चेन्नईलाई फाइनलमा पुर्याउने क्रममा ओपनिङ ब्याट्सम्यान फाप डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । १ सय ४० रनको सामान्य लक्ष्य पछ्याएपनि चेन्नईले १५ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाइसकेको थियो । जितका लागि ४८ रन चाहिएको अवस्थामा प्लेसिसले सम्हालिएर ब्याटिङ गर्दा खेल चेन्नईको पक्षमा आएको थियो । उनले नटआउट ६७ रन जोडे। उनले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको स्थितिमा उनले पहिलो बलमै छक्का प्रहार गरेका थिए । उनलाई सार्दूल ठाकुरले नटआउट १५ रन बनाएर साथ दिएका थिए । बलिङमा हैदरावादका रसिद खानले ४ ओभरमा २ विकेट लिँदा ११ रन मात्र खर्चिए । कुनै बाउन्ड्री नखाएका खानको ओभरमा सम्हालिनु नै प्लेसिसको राम्रो पक्ष रह्यो ।
खेलमा प्लेसिसले चेन्नईका लागि योगदान दिन सकेकझमा खुसी लागेको बताए । ‘मैले धेरै खेल त खेल्न पाएको छैन । टिमका लागि योगदान दिन पाउदा खुसी लागेको छ,’ उनले भने, ‘अघिल्ला खेल हेरेर आफ्नो गल्ति सुधारेको थिए । जसले गर्दा मानसिक रुपमा बलियो भएको थिए । खेलपछि म चेन्जिङ रुपमा गए र साथीहरुलाई सोधे, गाइज हामीले कसरी खेल जित्यौ ?’

कुनै समय खेल हैदरावादको पक्षमा गएको बताउँदै प्लेसिसले शार्दुल ठाकुरले हानेको बाउन्ड्रीका कारण चेन्नईले पासा पल्टाएको बताए । उनले हैदरावादका रसिद खानको बलिङको पनि प्रशंसा गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र जोड्न सक्यो । उसका लागि कार्लोस बाथवेटले सर्वाधिक नटआउट ४३ रन जोड्दा अन्य ब्याट्सम्यानले कमजोर खेले । बलिङतर्फ चेन्नईका डिजे ब्राभोले २ विकेट लिएका थिए ।