काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खानेपानीमन्त्री विना मगरको बैंक खातामा शून्य रकम

12.16K
shares

काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आफ्नो नाममा पाँच तोला सुन र १६ तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रकाश दाहालको नाममा चितवनको भरतपुरमा दुर्इ कठ्ठा जग्गा र चितवनमै सगोलको एक कठ्ठा जग्गा मन्त्री विनाकी सासू सीता दाहालको नाममा रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।

सवारी साधनतर्फ प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उनले सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन् । उनको नाममा एभरेस्ट बैंकमा खाता भए पनि पैसा छैन । मन्त्री मगर चैत २ गते मन्त्री नियुक्त भएकी हुन् । उनले मन्त्री नियुक्त भएको ६७ दिनपछि सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।