global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विवादमा परेपछि राष्ट्र बैंकका डेपुटी गभर्नरको अधिकार कटौती

विवादमा परेपछि राष्ट्र बैंकका डेपुटी गभर्नरको अधिकार कटौती

विवादमा परेपछि राष्ट्र बैंकका डेपुटी गभर्नरको अधिकार कटौती

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अधिकार कटौती गरिएको छ । विभिन्न बैकका विषयमा उनले गरेका निर्णय विवादस्पद भएपछि गभर्नर डा चिरन्जीवि नेपालले श्रेष्ठको अधिकार कटौती गरेका हुन् ।
श्रेष्ठको मातहतमा रहेका सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्मा अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लिएका छन् । दुई विभागको जिम्मेबारी हेरफेर भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार सामान्य सेवा र वित्तीय व्यवस्थापन विभाग डेपुटी गभर्नर सिवाकोटीले हेर्ने उनले जानकारी दिए ।
पछिल्लो समयमा आर्थिक प्रलोभनमा परी नेपाल बंगलादेश बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तेस्रो कार्यकाल थप्नका लागि लविङ गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । यस्तै कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको विषयमा गरेको निर्णय पनि विवादित बनेको छ । एपेक्स डेभलपमेन्ट बैंकमा पनि उनको नाम जोडिएको छ ।
पछिल्लो समयमा राष्ट्र बैंकमा उनले गरेको कामको विरुद्धमा अख्तियारमा उजुरीको चाङ परेको छ । पछिल्लो समयमा उनले बारम्बार काममा असहयोग गरेपछि गभर्नर उनले दुई विभागको जिम्मेबार खोसेका हुन् । गभर्नरलाई असहयोग गरेर काममा वाधा परेपछि उनलाई ती विभागको जिम्मेबारीबाट मुक्त गरिएको हो । केन्द्रीय बैंकमा १७ वटा विभाग छन् । विभागको जिम्मेबार गभर्नरले तोक्ने गरेका छन् ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु