global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आर्थिक हिनामिना भएको भन्दै खानेपानी कार्यालयमा तालाबन्दी

आर्थिक हिनामिना भएको भन्दै खानेपानी कार्यालयमा तालाबन्दी

आर्थिक हिनामिना भएको भन्दै खानेपानी कार्यालयमा तालाबन्दी

दाङ्ग । हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा आज उपभोक्ताहरुले ताला लगाएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभामा पेस भएको आर्थिक तथा लेखा परिक्षकको प्रतिबेदन प्रति असन्तुष्ट जनाउदै आज बबई गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले ताला लगाएको कार्यालय सचिव सुन्दरी केसीले बताइन् ।
साथै कार्यालय सचिव केसीले बार्षिकरुपमा बस्नुपर्ने साधारणसभा २ वर्षपछि मात्र बसेको र आर्थिक मामिलामा कार्यालयको कमजोरी रहेको बताइन् । हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता कार्यालयमा आर्थिक हिनामिना भएको भन्दै उपभोक्ताहरुले पुनः हिसाब मिलानका साथै छानविन समिति गठनको माग गर्दै ६ सदस्यीय संघर्ष समिति पनि गठन गरेका छन् ।
त्यस्तै आज नै गठित संर्घष समितिले छानविन समिति गठन गरेर आर्थिक पारदर्शी नहुँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक चिम्से विश्वकर्माले जानकारी दिए । यता हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर खड्काले उपभोक्तामाझ पुनः छलफल गरि आर्थिक पारर्दशिता ल्याउने बताए । उनले भोलि नै छानविन समिति गठन गरेर समस्याको टुङगो लगाउने बताए ।

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु