global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दुर्घटनाग्रस्त विमान नहट्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द, हजारौं यात्रुलाई समस्या

दुर्घटनाग्रस्त विमान नहट्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द, हजारौं यात्रुलाई समस्या

दुर्घटनाग्रस्त विमान नहट्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द, हजारौं यात्रुलाई समस्या

काठमाडौं । मलेसियाको उडानको क्रममा रहेको मालिन्दो एयर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार राती दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द रहेको छ । गएराति देखि बिमानस्थलबाट हुने सबै उडान अवतरण बन्द रहेको विमानस्थलका प्रबक्ता प्रेमनाथ ठाकुरले बताए ।
ग्राउण्डेड बिमान हटाउन राति पानी परेकोले सम्भव नभएकोले आज बिहानैदेखि प्रयास जारी राखिएको प्रबक्ता ठाकुरले बताए । उन अनुसार अझै विमानस्थल सन्चालनमा आउन झण्डै २ घण्टा लाग्नेछ । मस्कट, फ्लाइ दुवई, कुवेत लगायतका विमान कम्पनीका जहाज बाटोबाटै नयाँ दिल्ली, लखनऊ लगायतका ठाउँमा अवतरण गराइएको छ भने कतार एयर लगायतका केही कम्पनीले शुक्रबारको लागि काठमाडौंको उडान स्थगित गरेका छन् । यसले हजारौं यात्रुलाई समस्या परेको छ ।
आन्तरिक उडान भने छिट्टै सन्चालनमा ल्याउने तयारी भइरहेको प्रबक्ता ठाकुरले बताए । गएराति पौने १० बजे मलेसियाका लागि उड्न लाग्दा मालिन्दो एयरको विमान धवानमार्गमा अनियन्त्रित भएर ग्राउण्डेड भएपछि सबै उडान तथा अवतरण अवरुद्ध बनेको हो । मलेसियाको क्वालालम्पुरका उड्न लाग्दा धवानमार्ग छोडेर बिमान चौरतिर पुगेको थियो । बिमान धवानमार्ग भन्दा १३० फिट दक्षिण पुगेर जमिनमा धसिएको छ । जहाजमा रहेका चालक दलका सदस्यसहित सबै १३९ यात्रु सकुशल छन् ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु