गृहपृष्ठ ९०० मेगावटकाे अरुण ३ सिलन्यास, कसलाई कस्ताे फाइदा
९०० मेगावटकाे अरुण ३ सिलन्यास, कसलाई कस्ताे फाइदा
काठमाडौं :९०० मेगावटकाे अरुण तेस्राे अायाेजनाकाे शिलन्यास भएकाे छ। भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन्।
शुक्रबार साँझ दुबै देशका प्रधानमन्त्रीले काठमाडौंबाट रिमोर्ट कन्ट्रोलको स्वीच दबाएर आयोजनाको शिलान्यास गरेका हुन्।जसको लागि लगानी बोर्डका प्रतिनिधी र अरुण तेश्रो परियोजना विकासकर्ता सतलज जल विद्युत निगमका प्रतिनिधीहरूले ड्याम निर्माण क्षेत्रमा मन्चभित्र रिमोर्ट सिस्टमबाट खुल्ने पर्दाको व्यवस्था गरेका थिए। काठमाडौंस्थित द्वारिकाज होटेलबाटै दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्स गर्दाै आयोजनाको शिलान्यास गरेका हुन्।
उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ।
प्रकाशित समय : ०३:०६ बजे



















