global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री मोदीको सम्मानमा स्वागत समारोह

प्रधानमन्त्री मोदीको सम्मानमा स्वागत समारोह

प्रधानमन्त्री मोदीको सम्मानमा स्वागत समारोह

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा आज भारतीय राजदूतावासले स्वागत समारोहको आयोजना गरेको छ । होटल हायातमा आयोजना गरिएको उक्त समारोहमा प्रधानमन्त्री मोदीले सहभागी आमन्त्रित महानुभावहरुलाई समूह–समूहमा बेग्लाबेग्लै भेट गरे ।

समारोहमा मन्त्रीगण, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो ।

प्रकाशित समय : २२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु