global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा संरक्षणमा लाग्न प्रधानमन्त्रीको आग्रह

सगरमाथा संरक्षणमा लाग्न प्रधानमन्त्रीको आग्रह

सगरमाथा संरक्षणमा लाग्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न आह्वान गर्नुभएको छ । पासाङ ल्हामु प्रतिष्ठानको रजत दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च शिखर सगरमाथा सफाई अभियानमा जुट्न आह्वान गनुभएको हो । उहाँले सगरमाथा पवित्र स्थल भएको भन्दै फोहोर नर्गनका लागि चेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले पासाङ ल्हामु शेर्पा साहसिक महिला भएको भन्दै उहाँको योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो । नेपालको हिमाली क्षेत्र विश्वको उत्कृष्ट गन्तव्य भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँको भनाइ थियो ।  स्वर्गीय पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु