global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ महेन्द्रनगरबाट छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

महेन्द्रनगरबाट छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

महेन्द्रनगरबाट छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु


प्यूठान । कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन भने बसमा रहेका २१ जना घाइते भएका छन । घाइतेमध्ये पाँच जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ । मृतकमध्ये चार जनाको शव निकालिएको भए पनि एक जनाको अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु